Hamro Sanchar

उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, ३१ गते


काठमाडौं । उच्च अदालतका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ ।

ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको उच्च अदालत पाटनले जनाएको छ ।

उनको निधनको शोकमा उच्च अदालत पाटनको सबै कामकारबाही बिहीबार बन्द हुने भएको छ । उनको पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी गरिएको छ ।

उनी न्यायप्रशासन सेवाबाट उच्च अदालतमा नियुक्त भएका थिए।


प्रतिकृया दिनुहोस्