Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रस्तावित १८ राजदूतको सुनुवाइ प्रक्रिया भोलि सुरु हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, २८ गते


Advertisement

काठमाडौं । सरकारले विभिन्न १८ देशमा नियुक्तिका लागि सिफारिस गरेका राजदूतको सुनुवाइ प्रक्रिया भोलि (मंगलबार) सुरु हुने भएको छ।

प्रस्तावित राजदूतको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको ३३ औं बैठक बोलाइएको छ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवन रहेको शंकर हलमा १२।१५ मा बस्नेछ।

बैठकले प्रस्तावित राजदूतबारे उजुरी आह्वान गर्नेछ। प्राप्त उजुरीमाथि छलफल भएपछि राजदूतहरूको सुनुवाइको मिति तोकिनेछ।

सरकारले साउन १५ गते १८ देशका लागि राजदूत सिफारिस गरेको थियो। नेकपा एमालेकी स्थायी समिति सदस्य एवं पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएकी छिन्।

त्यस्तै भारतका लागि राजदूत सिफारिस भएका शंकर शर्माको पनि पुनः सुनुवाइ हुने भएको छ। प्रस्तावित १८ राजदूतको सूची आइतबार समितिमा सुनुवाइका लागि पुगेको थियो।


प्रतिकृया दिनुहोस्