Hamro Sanchar

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना : ५ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, २३ गते


काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेनसहित ५ जनाको शव निकालिएको छ ।

हेलिकप्टर पाइलट अरुण मल्लबाहेक अरु चार जना चिनियाँ नागरिक रहेका छन्


प्रतिकृया दिनुहोस्