Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काभा महिला नेसन्स : उपाधिका लागि आज नेपाल भारतसँग भिड्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, २३ गते


Advertisement

काठमाडौं । घरेलु मैदानमा जारी काभा महिला भलिबल नेसन्स लिगको उपाधिका लागि आज ९बुधबार० नेपाल र भारत भिड्दैछन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ।

लिग चरणमा भारतलाई ३–२ को सेटमा पराजित गरेको नेपाली टोली उच्च मनोबलसहित मैदानमा उत्रिँदैछ।

भारतविरुद्धको त्यो जित महिला भलिबल इतिहासको पहिलो जित हो। नेपाल आजको खेलमा सोही नतिजालाई दोहोराउने प्रयासमा हुनेछ।

लिग चरणमा इरानसँग ३–२ ले पराजित भएको नेपालले मंगलबार भएको दोस्रो सेमिफाइनलमा सोझो सेटको जित निकाल्दै भारतसँगको भेट पक्का गरेको हो।

भारतसँगको भेट नेपाली टोलीका लागि पाँच वर्षअघि घरेलु मैदानमा भोगेको हारको बदला लिने अवसर समेत हो।

सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद ९साग० को महिला भलिबलको फाइनलमा घरेलु टोली नेपाल र भारत भेट भएका थिए। त्यतिबेला नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो।

त्यसको पाँच वर्षपछि अर्थात आज नेपाली टोलीमाथि त्यो हारको बदला लिने उत्कृष्ट अवसर आएको छ।

भारतले भने यसपटक इरानलाई सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो।

नेपालसँग पहिलो पटक हार भोगेको भारत फाइनलमा नेपाललाई सहजै नतिजा सुम्पने पक्षमा छैन। भारत लिग चरणमा भोगेको हारको बदला लिदै लगातार दोस्रो पटक च्याम्पियन बन्न चाहन्छ।

आजै हुने तेस्रो स्थानको खेलमा खेलमा इरान र श्रीलंका भिड्दैछन्। इरान नेपालसँग र श्रीलंका भारतसँग पराजित हुँदै तेस्रो स्थानका लागि खेल्न लागेका हुन्।

तेस्रो स्थानको खेल दिउँसो २ बजे सुरु हुनेछ।


प्रतिकृया दिनुहोस्