Hamro Sanchar

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, फैसला आजै आउने सम्भावना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, २१ गते


Advertisement

काठमाडौं, असार २०- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्नुपर्ने माग राख्दै परेको मुद्दामा बहस सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको संयुक्त इजलासमा जारी सुनुवाइमा बिहीबार बहस सकिएको हो ।

यो मुद्दाको फैसला आज बिहीबारै आउने सम्भावना छ । २४ फागुनमा महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेविरुद्ध कतै उजुरी, अभियोजन नपरेको भनी दिएको पत्रको वैधतामाथि प्रश्न उठाउँदै अधिवक्ता अनुपम भट्टराई र अतुल विष्टले सर्वोच्च अदालतमा रिट दिएका थिए, जसमा लामिछानेलाई गृहमन्त्रीबाट मुक्त गर्न माग गरिएको छ । मुद्दामा महान्यायाधिवक्ता दिनमणि पोखरेललाई पनि विपक्षी बनाइएको छ ।


प्रतिकृया दिनुहोस्