Hamro Sanchar

बाढीले बगाउँदा एक जनाको मृत्यु, एक बेपत्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, २० गते


Advertisement

दाङ, असार १९- दाङको तुलसीपुरमा बबई नदीमा आएको बाढीले बगाउँदा एक जना महिलाको मृत्यु भएको छ भने अर्की एक महिला बेपत्ता छिन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ मटेराकी १९ वर्षीया सम्झना चौधरीलाई बुधबार बिहान बबई तर्ने क्रममा बगाएको थियो । बबई पारी आफन्त कहाँ जान खोजेकी चौधरीलाई बाढीले बगाएर बेपत्ता पारेको हो ।

बेपत्ता सम्झनाको खोजी कार्य स्थानीय र प्रहरी मिलेर गरिरहेका छन् ।

चौधरीको खोजीका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा ७ जनाको टोली र इप्रका मलबारबाट प्रहरी नायव निरीक्षक गणेशबहादुर सिंहको कमाण्डमा तीन जनाको टोली खटिएको छ।

यस्तै तुलसीपुुर वडा नम्बर ३ की ५१ वर्षीया तारा गुरूङलाई गोटीखोलास्थित साङ्ले खोलाले बगाउँदा मृत्यु भएको छ । गुरूङलाई खोला तर्ने क्रममा मंगलबार दिउँसो साङ्ले खोलाले बगाएको र शव झन्डै डेढ सय मिटर दक्षिणमा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।


प्रतिकृया दिनुहोस्