
काठमाडौं, असार ३– मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुको मृत्यु भएको छ । ५६ वर्षीय गच्छदारको सोमबार दिउँसो निवासमै निधन भएको हो
गत माघ १० गते राष्ट्रिय सभा चुनावका लागि विराटनगर पुगेका अध्यक्ष गच्छदार लडेर अचेत भएका थिए । त्यसपछि उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएकोमा गएको जेठ १ गते घर लगिएको थियो ।
अध्यक्ष गच्छदारलाई ‘ब्रेन ह्याम्रेज’ भएको डाक्टरले बताएका छन् । उनको भोलि अन्त्येष्टि गरिने गाउँपालिकाले जनाएको छ ।
गच्छदार २०७९ सालको पालिका चुनावमा नेपाली कांग्रेसबाट विजयी भएका थिए । उनि बिरामी भएदेखि गाउँपालिकाकी उपाध्यक्ष गुणवतीदेवी थारुले कार्यवाहक अध्यक्षको रूपमा काम गर्दै आएकी छन् ।

















