Hamro Sanchar

गृहमन्त्रीविरूद्धको रिटमा सर्वोच्चद्वारा सुप्रिम सहकारी ठगी मुद्दाको मिसिल झिकाउन आदेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २८ गते


Advertisement

काठमाडौं, जेठ २८- गृहमन्त्री रवि लामिछानेविरूद्ध परेको रिटमाथि सर्वोच्चले मिसिल झिकाउन आदेश गरेको छ ।

महान्यायाधिवक्ता र गृहमन्त्रीविरूद्धको रिटमा सर्वोच्चले सुप्रिम सहकारी ठगी मुद्दाको मिसिल झिकाउन आदेश गरेको हो ।

सहकारी ठगीको मुद्दा नभएको भन्दै महान्यायाधिवक्ताले दिएको पत्र बदर गर्न माग गर्दै परेको रिटमा आज सुनुवाइ गर्दै न्यायाधीशहरू मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले रूपन्देही जिल्ला अदालतमा सरकारी वकिलले दर्ता गरेको मुद्दाको मिसिल झिकाउन आदेश गरेको हो ।

अधिवक्ता अनुपम भट्टराईले सहकारी ठगीको आरोपमा विभिन्न प्रहरी कार्यालयमा किटानी जाहेरी परेका गृहमन्त्री लामिछानेलाई पदबाट निलम्बन गरी छानबिन अघि बढाउन माग राख्दै सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा लामिछानेमाथि प्रहरीमा किटानी जाहेरी परेको छैन भनी महान्यायाधीवक्ता कार्यालयबाट जारी भएको पत्र खारेजीको माग समेत गरएकोे छ ।

सर्वोच्चले आगामी पेसी असार ४ गतेका लागि तोकेको छ ।


प्रतिकृया दिनुहोस्