Hamro Sanchar

८० किलो गाँजासहित दुईजना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २६ गते


चितवन, जेठ २६- अवैध लागुऔषध गाँजा करिब ८० किलोसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित सडकबाट उक्त परिमाणको गाँजासहित शनिबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–१० का २५ वर्षीय मानबहादुर वाइवा र मकवानपुरको राक्सिराङ गाउँपालिका–५ का २६ वर्षीय सुमन स्याङताङ छन् । उनीहरू बा १० च ३६१९ नम्बरको कारमा मनहरीबाट पथलैयातर्फ जाँदै थिए ।

प्रहरी जाँचका क्रममा डिकीमा लुकाइछिपाइ राखिएको उक्त परिमाणको गाँजा फेलापरेको थियो । त्यसपछि कारका चालक मानबहादुर र त्यसमा सवार सुमनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।


प्रतिकृया दिनुहोस्