Hamro Sanchar

अशोक राईको आरोप : जसपा नेपालले उन्नति गर्न सकेन, घट्दो साख फर्काउँछौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, २७ गते


Advertisement

काठमाडौं, बैशाख २७- जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले जनता समाजवादी पार्टी नेपालले उन्नति गर्न नसकेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले जनतामा घटेको साख पुनः स्थिापित गर्ने दाबी गरे ।

“जनता समाजवादी पार्टी, नेपालले उन्नति गर्न सकेन । मधेश प्रदेशमा मत घट्दै गएको छ । थुप्रै पार्टी मिलेर साझा उमेदवार बनाए मात्रै चुनाव जित्ने । घट्दो साख पुनःस्थिापित गर्न सकिन्छ भन्नेमा विश्वस्त छौँ,” उनले भने ।

उनले महाधिवेशन अनिमियत ढंगले गर्ने देखिएपछि पार्टी विभाजन भएको बताए । उनले उपेन्द्र यादव स्वेच्छाचारी ढंगले चलेकाले पार्टी विभाजन गर्न अमेरिकाबाट फर्कने बेलासम्म कुर्न नसकिएको बताए ।

“परिस्थिति विस्फोटक भइसकेको छ । उपेन्द्रको नेतृत्वमा जान सकिँदैन भन्नेमा पुगिएको छ । अमेरिकाबाट फर्कंदासम्म कुरेर मिलेर छुटिने कुरा त भएन,” उनले भने ।


प्रतिकृया दिनुहोस्