Skip

Hamro Sanchar

श्रीमतीको हत्या गरेर श्रीमान फरार, यस्तो अवस्थामा भेटियो शव

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, २० गते


मोरङ, बैशाख २०- मोरङको सुन्दरहरैँचा नगरपालिका-५ मा श्रीमतीको हत्या गरि श्रीमान फरार भएका छन् । सुन्दरहरैँचा–५ गोर्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङलाई हत्या गरेर श्रीमान फरार भएको प्रहरीले जानकारी दिएको छ ।

मनमायाको शव बिहीबार बिहान उनै घरभित्र भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार मनमायाको शव बिहान कोठाभित्र देखेपछि उनकी छोरीले प्रहरीलाई खबर गरेकी थिइन् ।

प्रारम्भिक अनुसन्धानबाट उनका श्रीमान ५० वर्षीय पदमबहादुर तामाङले मनमायाकोको हत्या गरेको खुलेको छ । घटना लगत्तै श्रीमान बेपत्ता भएका छन् । घटना बुधबार रातिको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

घटनापछि फरार रहेका पदमबहादुरको खोजी भइरहेको बताइएको छ । सुत्ने कोठाको खाटमाथि अर्धनग्न र उत्तानो परेको अवस्थामा शव फेला परेको थियो । घनाको प्रकृति हेर्दा कुनै वस्तुले हिर्काएर हत्या गरे जस्तो देखिएको प्रहरीले बताएको छ ।

छोरा वैदेशिक रोजगारमा गएका छन् भने छोरीको बिहे भइसकेको छ । घरमा श्रीमान श्रीमती मात्रै बस्दै आएका थिए ।


प्रतिकृया दिनुहोस्