Skip

Hamro Sanchar

काठमाडौंमै श्रीमतीको हत्या गरें भन्दै एक युवकले गरे प्रहरीसामु आत्मसमर्पण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १९ गते


काठमाडौं, बैशाख १९- काठमाडौं महानगरपालिका वडा नम्बर ६ भूगोलडाँडामा एक युवकले श्रीमतीको हत्या गरें भन्दै प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका-३ घर भै हाल भूगोलडाँडा डेरा गरि बस्ने ३५ बर्षिय सन्तोष परियारले बुधबार प्रहरी वृत्त बौद्धमा आत्मसमर्पण गरेका हुन् । उनले आफुले ३५ बर्षिया श्रीमती अनिशा चाहारको हत्या गरेको प्रहरीलाई बताएका छन् ।

सन्तोषले मंगलबार राती ९ बजेतिर श्रीमतीलाई कुटपिट गर्दा मृत्यु भएको बताएको प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ ।

अनिशाको श पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको जानकारी प्राप्त भएको छ ।


प्रतिकृया दिनुहोस्