Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

निर्वाचनमा हार व्यहोर्नु परेपछि रवि लामिछानेले भने- ‘इलाम जित्न सकिएन, सिक्न सकियो’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १८ गते


Advertisement

काठमाडौं, वैशाख १८- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलाम–२ मा नजिते पनि निर्वाचनबाट सिकेको बताएका छन् ।

गृहमन्त्री लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘यदि’ ‘तर’ को सहारा नलिइ पराजय स्वीकार गर्न पनि पार्टी पंक्तिलाई निर्देशन पनि दिएका छन् ।

‘इलाम–२ को उपनिर्वाचनमा एमाले उमेदवार सुहाङ नेम्वाङजी विजयी हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्छु । हामीलाई मत दिनु हुने र मतसँगै ठूलो सन्देश दिनुहुने सबैप्रति आभारी छु,’ उनले भनेका छन्, ‘रास्वपा उमेदवार मिलन लिम्बूलगायत अहोरात्र खट्नु हुने सिंगो पार्टी पंक्तिलाई धन्यवाद! जित्न सकिएन, सिक्न सकियो। त्यसैले कुनै यदि, तरको सहारा नलिइ सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरूमा अनुरोध छ ।’

वैशाख १५ गते भएको निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ निर्वाचित भएका छन् ।


प्रतिकृया दिनुहोस्