Hamro Sanchar

रास्वपाका मिलनसहित १६ उम्मेदवारको जमानत जफत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १८ गते


Advertisement

काठमाडौँ, बैशाख १८- शनिबार उपनिर्वाचन सम्पन्न भएर मंगलबार अन्तिम नतिजा आएको इलाम २ मा रास्वपासहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ । जमानत जोगाउन सदर मतको १० प्रतिशत भोट पाउनुपर्ने हुन्छ । तर, रास्वपाका उम्मेदवार मिलन लिम्बुसहित अन्य १६ उम्मेदवार सो बराबर मत ल्याउन असफल भए ।

इलाम २ मा सदर मत ६८ हजार ४७२ हो भने जमानत जोगाउन कम्तीमा ६ हजार ४ मत ल्याउनुपर्ने हुन्छ । लिम्बुले ५ हजार ५० मत मात्रै पाए । यस्तै एकीकृत समाजवादी, राप्रपा, जनमत पार्टी, नेमकिपा, राप्रपा नेपालका उम्मेदवार र अन्य स्वतन्त्र उम्मेदवारको पनि जमानत जफत भयो ।

इलाम २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् । जसअनुसार कांग्रेस उम्मेदवार डम्बर खड्का र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुको मात्रै जमानत जोगियो ।


प्रतिकृया दिनुहोस्