Hamro Sanchar

इलाम २ मा सर्वदलीय बैठक सुरु, केहीबेरमा मतगणना हुँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १६ गते


Advertisement

इलाम, वैशाख १६- प्रतिनिधि सभा उपचुनावअन्तर्गत् इलाम-२ को मतगणनाका लागि सर्वपक्षीय बैठक भर्खरै सुरू भएको छ ।

राजनीतिक दलका उम्मेद्वार र प्रतिनिधिहरू, स्वतन्त्र उम्मेद्वार र प्रतिनिधिहरूसहितको बैठक भर्खरै सुरू भएको हो ।

बैठकपछि मतगणना सुरू हुने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

शनिबार भएको चुनावमा मतमेटिका ल्याउन ढिलाइ भएपछि अहिले बिहानबाट मतगणना हुन लागेको हो । शनिबार भएको मतदानमा ६० प्रतिशत मत खसेको थियो ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङ निर्वाचित इलाम–२ मा उनको निधन भएपछि उपनिर्वाचन भएको हो ।

यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता छन् । तीमध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन् । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले ६० प्रतिशत मत खसेको बताए ।


प्रतिकृया दिनुहोस्