Hamro Sanchar

इलाममा आजै मतगणना हुने, बझाङमा भोलि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १५ गते


Advertisement

काठमाडौं, वैशाख १५- इलाममा आजै मतगणना सुरू गर्ने तयारी गरिएको छ ।

इलामका प्रमुख निर्वाचन अधिकृत केशवकुमार घिमिरेले सबै मतदानस्थल र केन्द्रमा मतगणना सम्पन्न भएको र आजै बेलुकादेखि मतगणना सुरू गर्ने तयारी रहेको जानकारी दिए ।

मतपेटिका ल्याउन अप्ठ्यारो नभएको र सबै केन्द्रहरूमा सडकबाटै मतपेटिका ल्याउन सकिने भएकाले आजै गणना सुरू गर्न सम्भव रहेको पनि उनले बताए ।

इलाममा यसपालि करिब ५७ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ ।

यस्तै बझाङमा भने आज मतगणना नहुने बताइएको छ ।

 


प्रतिकृया दिनुहोस्