Hamro Sanchar

रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग, स्पष्टीकरण सोध्न निर्देशन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १५ गते


Advertisement

काठमाडौँ, बैशाख १५- इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् ।

लिम्बूले मतदान गर्न जादा पार्टीको चुनाव चिन्ह अंकित ब्याच लगाएर गएपछि आचारसंहिता उलंघन भएको हो । उनले कोटबाहिर स्पष्ट देखिनेगरी रास्वपाको चुनाव चिन्ह घन्टी भएको लोगो लगाएर मत दिएर निर्वाचन आचारसंहिताको उल्लंघन गरेका हुन् । उनीविरुद्द उजुरी परेपछि निर्वाचन आयोगले छानबिन सुरु गरेको छ ।

उनलाई स्पष्टीकरण सोध्न निर्वाचन आयोगले निर्देशन समेत दिएको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले रास्वपाको उम्मेदवारविरुद्ध आयोगमा आज उजुरी परेपछि स्पष्टीकरण सोध्न र आवश्यक कारबाहीका लागि स्थानीय प्रशासनलाई पूर्ण अधिकार दिइएको बताएका छन् ।

लिम्बुले आफुले मतदान गरेको तस्विर सामाजिक सञ्जालमा राखेपनि आचारसंहिता उलंघन भएको उजुरीपछि सो तस्वीर हटाएका छन् ।


प्रतिकृया दिनुहोस्