Hamro Sanchar

पूर्वउपराष्ट्रपतिका छोरा दिपेश धरौटी बुझाएर रिहा भएलगत्तै पुन: पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १४ गते


Advertisement

रुपन्देही, बैशाख १४- सहकारी ठगी मुद्दामा थुनामा रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन धरौटीमा रिहा भएलगत्तै पुन: पक्राउ परेका छन् ।

पुनलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दीपेश पुनलाई सीआईबीको कार्यालयमा उपस्थिति गराउन पत्राचार गरेकाले उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनी अहिले इलाका प्रहरी कार्यालयको हिरासतमा छन् ।

६० किलो सुन प्रकरण मुद्दामा दीपेश सीआईबीको अनुसन्धानको दायरामा थिए ।

जिल्ला अदालत रुपन्देहीमा शुक्रबार चार लाख रुपैयाँ धरौटी बुझाएलगत्तै अदालत परिसरबाटै दीपेशलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सुप्रिम सहकारी ठगी मुद्दामा वैशाख ७ गते न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले पक्राउ परेका सातमध्ये ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको थियो ।

सहकारीका अध्यक्षलाई भने थुनामा राख्ने आदेश थियो । चार प्रतिवादी सोही दिनै धरौटी रकम बुभाएर रिहा भएका थिए । सहकारीका कर्मचारी नवीन अछामीले त्यहीदिन धरौटी रकम जम्मा गर्न नसकेपछि ९ गते मात्र रिहा भए । तर, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशले सात दिनसम्म चार लाख धरौटी नबुझाएपछि जिल्ला कारागारमा थुनामा थिए ।


प्रतिकृया दिनुहोस्