Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

किसानको ४० करोड बक्यौता आजदेखि भुक्तानी गर्दै डिडिसी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, ६ गते


Advertisement

काठमाडौँ, वैशाख ६- दुग्ध विकास संस्थान (डिडिसी)ले किसानको बक्यौता रकम भुक्तानी गर्ने भएको छ ।

सहुलियत ऋणमा सरकारले दिएको ३० करोडमा १० करोड थपेर डिडिसीले ४० करोड रुपियाँ भुक्तानी गर्ने भएको छ । डिडिसीका निमित्त उपमहानिर्देशक राजेन्द्रप्रसाद अधिकारीले आज बिहीवारदेखि बक्यौता रकमको भुक्तानी सुरु गरिने बताए ।

“सरकारले दिएको ३० करोड रुपियाँ हामीलाई प्राप्त भएको छ, त्यसमा १० करोड थपेर तत्काल ४० करोड रुपियाँ वितरण सुरु गर्छौं,” उनले भने, “डिडिसीबाट भोलि विभिन्न आयोजनाको खातामा रकम पठाउँछौँ, त्यसपछि त्यहाँबाट सहकारी हुँदै किसानको हातमा सो रकम जान्छ ।”

डिडिसीले किसानलाई दिनुपर्ने एक अर्ब ५० करोड रुपियाँ बाँकी छ । बिहीबारदेखि ४० करोड वितरण भएपछि अझै एक अर्ब १० करोड रुपियाँ बक्यौता रहने बताउँदै उपमहानिर्देशक अधिकारीले त्यो बाँकी रकम पनि बिस्तारै भुक्तानी गरिने बताए ।

अहिले बिक्रीमा पनि वृद्धि भएको छ, मौज्दात रहेको दुग्ध पदार्थ पनि बिस्तारै खपत हुन थालेका छन्, त्यसले आम्दानीको स्रोत बढ्न थालेको बताउँदै उनले अब किसानलाई नियमित भुक्तानी गर्ने प्रयासमा रहेको बताए । किसानबाट दुध खरिद गर्ने र त्यो दुध बिक्री नहुँदा त्यसबाट बनाइएका बटर, धुलो दुधलगायतका दुग्ध पदार्थ मौज्दात बस्न थालेपछि भुक्तानीमा समस्या भएको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।


प्रतिकृया दिनुहोस्