Hamro Sanchar

इलाम–२ मा माओवादी केन्द्रको छैन उमेदवार, एमाले उम्मेवार सुहाङलाई बोक्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, २२ गते


Advertisement

काठमाडौं, चैत २२- नेकपा माओवादी केन्द्रले इलाम–२ को उपनिर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उमेदवार नउठाएर  एमाले उमेदवार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ ।

माओवादी केन्द्रबाट उम्मेदवार बनेका धिरेन्द्र शर्मालाई नाम फिर्ता लिन लगाएर एमालेलाई सहयोग गर्ने निर्णय गरेको हो ।

माओवादीबाट उम्मेदवार घोषणा गरेका शर्माले एमालेलाई सहयोग गर्ने निर्णय पार्टी केन्द्रमा भएको जानकारी दिए । ‘दुई अध्यक्ष विच हिजो सहमति भएको रहेछ । केन्द्रबाट निर्देशन आएको छ । अब गठबन्धनका उम्मेदवार जिताउन लाग्छौं, माओवादीका केन्द्रीय सदस्य समेत रहेका शर्माले भने ।

इलाम–२ मा १५ बैशाखमा उपनिर्वाचन हुँदैछ । एमालेबाट सुहाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, एकीकृत समाजवादीले जीतबहादुर राई, जनमतबाट प्रेमदीप थाम्सुहाङ, पहिचानवादीबाट डगेन्द्रसिंह थेगिमले उम्मेवार बनेका छन् ।

नेपाली कांग्रेसले भने हाल उम्मेदवार घोषणा गरेको छैन ।


प्रतिकृया दिनुहोस्