
काठमाडौँ, चैत २२- मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा पक्राउ परेका गायक राजेशपायल राईसहित तीनजना कलाकार छुटेका छन् । प्रहरी कार्यालयबाट छुटेपछि राईले भने, ‘हामीले यो देशमा योगदान नै नदिएको जस्तो गरी पक्राउ गरियो । बानेश्वरमा मेरो स्नोकर पुल हाउस छ । त्यहाँ साथीहरूले होहल्ला गरे । उनीहरूलाई जोगाउन खोज्दा म पनि पक्राउ परे । रक्सी खाएपछि सामान्य हो हल्ला जसले पनि गर्छ । हामीले रक्सी खाँदा गन्ध आउने र अरुले खाए सुगन्ध आउने हो र ? ‘उनले प्रश्न गरे ।
गए राति मापसे गरी होहल्ला गरेपछि काठमाडौँको थापागाउँबाट उनीहरूलाई नियन्त्रणमा लिइएको थियो । –’ राजेशपायल राई लोकप्रिय कलाकार हुन् । स्वदेश तथा विदेशका कार्यक्रमहरूमा उनको उच्च माग रहेको छ ।























