Hamro Sanchar

इलाम-२ मा पछि हट्यो माओवादी, एमाले उम्मेदवार सुहाङलाई सघाउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, २१ गते


Advertisement

काठमाडौं, चैत २१- इलाम क्षेत्र-२ मा नेकपा माओवादी केन्द्रले एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई सघाउने भएको छ ।

आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनमा माओवादी केन्द्रले नेम्बाङलाई सघाउने भएको हो । दुवै पार्टीले एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई सघाउने सहमति गरेका हुन् ।

माओवादी केन्द्रीय सदस्य तथा पार्टीबाट उम्मेदवारमा सिफारिस भएका धिरेन्द्र शर्मा रमणले पार्टी केन्द्रबाट एमाले उम्मेदवारलाई सघाउन निर्देशन आएको बताए ।

माओवादी जिल्ला कमिटीले शर्मालाई एकल रूपमा उम्मेदवार बनाउन सिफारिस गरेको थियो । केन्द्रबाट निर्णय नआउँदै उनको चुनावी प्रचारसमेत सुरु भएको थियो ।

रास्वपाले सो क्षेत्रमा मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसको उम्मेदवार टुंगिन बाँकी छ भने पहिचान पक्षधरको तर्फबाट डकेन्द्रसिंह थेगिम उम्मेदवार छन् । राप्रपाले लक्ष्मी गुरुङ र नेकपा (एकीकृत समाजवादी)ले जितबहादुर राईलाई उम्मेदवार बनाएका छन् ।


प्रतिकृया दिनुहोस्