Skip

Hamro Sanchar

गोकर्णेश्वरको शिवचोकस्थित टहरोमा आगलागी, एक जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, १९ गते


काठमाडौँ, चैत १९- गोकर्णेश्वर नगरपालिका-७ शिवचोकस्थित निला गुरुङको टहरोमा सोमबार बिहान आगलागी हुँदा एक जना वृद्धको जलेर मृत्यु भएको छ ।

आगलागीबाट सोही ठाउँ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-५ घर भएका ७० वर्षीय भरत तिमल्सिनाको मृत्यु भएको हो ।

टहरोमा धुवाँ आएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई जलेर मृत्यु भएको अवस्थामा फेला पारेको थियो ।

घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिकृया दिनुहोस्