Hamro Sanchar

बागमतीका मुख्यमन्त्री जमकट्टेलले आज विश्वासको मत लिँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, १९ गते


Advertisement

काठमाडौं, चैत १९- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले आज विश्वासको मत लिँदैछन् ।

केन्द्रमा भएको सत्ता समिकरण परिवर्तनसँगै नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेका छन् ।

केन्द्रमा बनेको नयाँ सत्ता समिकरणमा आबद्ध दलहरु मिल्दा समेत एक मत नपुग्ने अवस्थामा २ सांसद् रहेको हाम्रो नेपाली पार्टीलाई विवादकाबीच मन्त्री पद दिएर सरकारमा सहभागी गराएका उनले विश्वासको मत लिने तयारी गरेका हुन् । तर, मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत नपाउने स्थिति बनेको छ ।

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)ले मुख्यमन्त्री जम्कट्टेललाई यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेपछि विश्वासको मत नपाउने अवस्था बनेको हो । गत बिहीवार हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त गरेका मुख्यमन्त्रीले शनिबार साँझ नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका थिए ।

आन्तरिक विवादमा रहेको हाम्रो नेपाली पार्टीलाई सरकारमा सहभागी गराएर आफ्नो पक्षमा बलियो आधार बनाएका जम्कट्टेले विश्वासको मत नपाउने अवस्था आइपुगेको हो । सत्ता साझेदार दल नेकपा (एस)ले मुख्यमन्त्री जम्कट्टेललाई यथास्थितिमा विश्वासको मत नदिने बताएपछि प्रदेशको राजनीति थप तरंगित बनेको छ ।

आइतवार बसेको एकीकृत समाजवादी संसदीय दलको बैठकले जम्कट्टेललाई अहिलेकै अवस्थामा विश्वासको मत दिन नसकिने निर्णय गरेपछि मुख्यमन्त्री जम्कट्टेल थप दवावमा परेका छन् ।


प्रतिकृया दिनुहोस्