Hamro Sanchar

भीरबाट लडेर वडा सचिवको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, १६ गते


दार्चुला, चैत १६- दार्चुलामा भीरबाट लडेर वडा सचिवकाे मृत्यु भएकाे छ । मालिकार्जुन गाउँपालिका–५ का वडा सचिव ४० वर्षीय गङ्गाराम लुहारको भीरबाट लडेर मृत्यु भएको हाे ।

बिहिबार बेलुका भीरबाट लडेर लुहारको ज्यान गएको र घटनाबारेमा अजमात्र जानकारी पाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । शङ्कपुरबाट डाँडाकोट जाने क्रममा वडा सचिव लुहार भीरबाट लडेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

लुहारकाे शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएकाे प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्