Skip
आज : २०८२ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कर्णाली पुलबाट हामफाल्दा बेपत्ता भएका युवाको खोजी गर्न गोताखोर परिचालन गरिँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, १३ गते


कैलाली, चैत १३- चिसापानी स्थित कर्णाली पुलबाट हिजो नदीमा हामफाल्दा बेपत्ता युवाको खोजी कार्य जारी छ । सोमवार दिउँसो १७ जना युवा पुलबाट नदीमा हाम फालेर पौडी खेलेका थिए ।

तीमध्ये कैलाली लम्कीचुहा नगरपालिका-३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाही नदीमा बेपत्ता भएका हुन् । पुलमा ड्युटीमा रहेका प्रहरीलाई एकछिन फोटो खिचेर आउँछौ भन्दै गएका युवाहरु एकपछि अर्को गरी क्रमश: हाम फालेका थिए ।

उनको खोजी गर्न गोताखोर परिचालन गर्ने तयारी गरिएको छ ।

कञ्चनपुर बेलौरी नगरपालिका वडा नम्बर १ बैशाखीका शाही चिसापानीमा व्यवसाय गर्दै आएका थिए । आज बिहानैदेखि स्थानीय र प्रहरीले खोजी कार्य सुरु गरेको कैलाली प्रहरी प्रमुख पदम विष्टले बताएका छन् । आवश्यक परे गोताखोर परिचालन गर्ने प्रहरीको तयारी छ ।


प्रतिकृया दिनुहोस्