Hamro Sanchar

दुर्गा प्रसाईँको पक्षमा सर्वोच्चको फैसला, बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, १२ गते


Advertisement

काठमाडौं, चैत १२- मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको छ ।

आज (सोमबार) न्यायाधीशहरू डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याएको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।

सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार आदेशको प्रति भने आइसकेको छैन । ‘दुर्गा प्रसाईंको मागबमोजिम रिट जारी भएको हो,’ उनले भने ।

सबै पूर्वाधार तयार गर्दा पनि आफ्नो मेडिकल कलेजले सम्बन्धन नपाएको भन्दै प्रसाईले २०७७ असार २१ र २०७७ असोज ३० गते काठमाडौँ विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

प्रसाईंले मेडिकल कलेज सञ्चालन गर्न नदिएको भन्दै केही समयअघि सबै भौतिक संरचना भत्काइदिने चेतावनी समेत दिएका थिए ।


प्रतिकृया दिनुहोस्