Hamro Sanchar

पाम्सा भन्ने स्थानमा जिप दुर्घटना : दुईको मृत्यु, पाँच घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, १० गते


हुम्ला, चैत १०- हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका-४ मा आज भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा पाँच जना घाइते भएको जानकारी दिए ।

सु-प ०१००१ नम्बरको गाडी आज दिउँसो पाम्सको मोडमा दुर्घटना भएको हो । उनका अनुसार मृतक र घाइतेको उद्धार कार्य भइरहेको छ । दुर्घटनाबारे विस्तृत जानकारी प्राप्त नभइसकेको प्रहरीको भनाइ छ ।


प्रतिकृया दिनुहोस्