हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, ३० गते
काठमाडौं, फागुन ३०- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । उनले प्रतिनिधिसभाका १५७ जनाको समर्थन पाएका छन् । २६८ जनाले मतदान गरेका थिए ।
विराटनगर । चुनावी अभियानका निम्ति झापा आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)काठमाडौं फर्किएका छन् । आज साँझ उनी विराटनगर विमानस्थलबाट काठमाडौंतर्फ प्रस्थान गरेका हुन् । काठमाडौं फर्कनुअघि उनले विमानस्थलनजिकैको एउटा होटेलमा पार्टीका तर्फबाट मोरङका उमेदवार र प्रतिनिधिसँग छलफल गरेका थिए । त्यसअघि, पाथीभरा दर्शन गरेर ताप्लेजुङबाट...
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दिपेन्द्र अग्रवाल एमाले प्रवेश गरेका छन्। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा र टीका लगाएर पार्टी प्रवेश गराएका हुन्। उनी सेयर कारोबारी हुन्। अग्रवाल ठगी आरोपमा पक्राउ परी हाजिर जमानीमा छुटेका थिए। सेयरमा...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन स्वच्छ भए आफू नेतृत्वको पार्टी पहिलो बन्ने दाबी गरेका छन् । आज विभिन्न पार्टीबाट प्रवेश गरेकाहरूलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् । ‘निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन सकियो भने आगामी निर्वाचनमा पहिलो पार्टी नेपाली कम्युनिष्ट पार्टी बन्न सक्छ’ प्रचण्डले...