Hamro Sanchar

वडा कार्यालयमा जन्ती बास बसेपछि कार्यालय बिदा, के भन्छन् वडाअध्यक्ष ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, २९ गते


जनकपुरधाम, फागुन २९- जनकपुर उपमहानगरपालिका–२५ वडा कार्यालयमा जन्ती बास बसेपछि आज मंगलबार कार्यालय बिदा दिइएको छ ।

सोमबार राति जन्ती राख्नको लागि वडा कार्यालय प्रयोग गरेपछि बिदा दिइएको हो ।

कार्यालय सहयोगीको घरमा विवाह परेको र वडासचिव मदन महतो बिरामी भएकाले वडा कार्यालय बन्द रहेको वडा नं. २५ का वडाध्यक्ष चन्देश्वर साहले साहले बताए । वडा कार्यालयको सभाहलमा जन्ती राखिएको भन्दै उनले यही कारणले कार्यालय खोल्न अवरोध नभएको तर वडासचिव र कार्यालय सहयोगी नआउने भएपछि बन्द रहेको बताए ।


प्रतिकृया दिनुहोस्