
कर्णाली, फागुन २८- कर्णाली पुलमाथि लाइटर बोकेको ट्रकमा आगलागी भएको छ । वीरगंजबाट धनगढीतर्फ जाँदै गरेको ना ५ ख ५२९७ नम्बरको लाइटर बोकेको चल्ती ट्रकमा आफैं आगो लागेको बर्दिया जिल्ला प्रहरी प्रमुख एसपी प्रबिण धितालले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुशलसिंह ठकुरीका अनुसार अपराह्न साढे ४ बजेतिर ट्रकमा एकाएक पछाडिबाट आगो सल्किएको थियो ।
पछाडि भागबाट आगो सल्किएको हुँदा आपसमा घर्षन उत्पन्न भई ट्रकमा आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । ट्रकमा लागेको आगो निभाउने प्रयास जारी रहेको पनि प्रहरी निरीक्षक ठकुरीले बताए ।