Skip
आज : २०८२ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एक महिनाअघि नै मनाइयो ग्याल्पो ल्होसार, आज बिदा दिएकोमा बौद्धमार्गीहरूको विरोध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, २८ गते


काठमाडौं, फागुन २८- संघीय सरकारले ग्याल्पो ल्होसार भन्दै सोमबार सार्वजनिक बिदा दिएकोमा बौद्धमार्गीहरूले विरोध गरेका छन् ।

ग्याल्पो ल्होसार गत माघ २७ गते नै मनाइसकिएको बौद्धमार्गीहरूले बताएका छन् ।

नेपाल शेर्पा संघका केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाले फागुन २५ गते नै विज्ञप्ति निकालेर यस वर्ष ग्याल्पो ल्होसार माघ २७ गते नै मनाइसकिएको उल्लेख गरेका थिए । ‘तर नेपाली पात्रोमा ग्याल्पो ल्होसार फागुन २८ गते पारेको छ,’ उनले भनेका थिए, ‘गत वर्ष संघकै अनुरोधमा सही तिथीमै ग्याल्पो ल्होसार पारेको थियो। भोटचन्द्र पात्रोअनुसार विज्ञलाई राखेर नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति पात्रो बनाओस्, त्रुटि सच्याउन सरकारसँग माग पनि गर्दछौं ।’

२१५१ औं ग्याल्पो ल्होसार गत माघ २७ गते नै मनाइएको थियो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार गरी प्रकाशन गर्ने पात्रोलाई आधार मानेर नेपाल सरकारले फागुन २८ गतेका दिनलाई ग्याल्पो ल्होसार भनेर सार्वजनिक बिदा उल्लेख गरेपछि हिमाली बौद्धमार्गीहरूले विरोध गरेका छन् ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिलाई आगामी दिनमा पात्रो बनाउँदा नेपाल बौद्ध महासंघको समन्वयमा मात्रै बनाउन पनि उनीहरूले आग्रह गरेका छन् ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले गत वर्ष नै आज (फागुन २८ गते) का लागि बिदा निर्धारण भएको बताए ।

तर ताप्लेजुङका चार संस्थाले गृह मन्त्रालयलाई बोधार्थ दिँदै आइतबार नै बिदा नदिन ध्यानाकर्षण गराएका थिए ।

यस्तो छ विज्ञप्ति:


प्रतिकृया दिनुहोस्