
काठमाडौं, फागुन २४- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-९ को ‘श्री कार्यविनायक हिमालय महिला समूह’ सरसफाइ अभियानमा जुटेको छ । निता बास्कोटाका अध्यक्ष रहेको समुह ११४औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर आफ्नो टोलको सरसफाइमा जुटेको हो ।
समुहकी अध्यक्ष बास्कोटाकाअनुसार समुहमा १ सय २० जना महिला सदस्यहरु रहेका छन् ।
उनीहरु आफ्नो टोल ‘हिमालय टोल’ वरपरको वातवरण सुधार गर्न लागिरहेका छन् ।
गैरनाफामुलक संस्थाका रुपम दर्ता भएको समुहले यसअघि पनि नगरपालिकाको सहयोगमा उद्घोषणका कार्यक्रम, परोपकारीका कार्यक्रमसँगै जनचेतनामुलक बिबिध कार्यक्रम गर्दै आएको छ ।