Hamro Sanchar

कागेश्वरी मनोहरा-८ का ४२ महिला र महिला समुहद्धारा संचालित २ सहकारी सम्मानित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, २४ गते


काठमाडौं, फागुन २४- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-८ का ४२ महिला र महिला समुहद्धारा संचालित २ सहकारी सम्मानित भएका छन् । वडा कार्यालयले ११४औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर एक कार्यक्रमको आयोजना गरि विभिन्न तह र तप्कामा रहि राष्ट्र सेवामा समर्पित ४२ जना महिला र महिला समुहद्धारा संचालित २ वटा सहकारी संस्थालाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा वडाबासी १०१ बर्षिया बृद्धा र राष्ट्रीय फुटबल खेलाडी अमिशा कार्की र गरिमा राई समेत रहेकी छन् । उनीहरुलाई नगरपालिकाका मेयर उपेन्द्र कार्कीले सम्मानपत्र सहित दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

वडा कार्यालय परिसरमा भएको उक्त कार्यक्रममा मेयर कार्कीसहित उपमेयर शान्ता थापा, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति कबिर शर्मा, वडाअध्यक्ष हरिभक्त पुडासैनी, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय महिला दिदीबहिनीहरुको उपस्थिति रहेको थियो ।

हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

दिवसका अवसरमा नेपालमा पनि विविध कार्यक्रमहरु आयोजना गरिँदै आएको छ ।


प्रतिकृया दिनुहोस्