Skip

Hamro Sanchar

जहाज खरिदमा १८ करोड कमिसनको खेल !

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, १४ गते


काठमाडौं, फागुन १४- नेपाल वायु सेवा निगमले करिब तीन अर्ब रूपैयाँ अनुमानित लागतमा तीनवटा जहाज खरिद गर्न अघि बढाएको प्रक्रिया विवादमा परेको छ।

निगमले जहाज किन्न आह्वान गरेको बोलपत्रमा एयरक्राफ्ट इन्डस्ट्रिज चेक रिपब्लिक, भारतको हिन्दुस्तान एरोनटिक्स लिमिटेड र क्यानेडियन जहाज ट्विनअटर निर्माता कम्पनी डी ह्याभिल्यान्ड एयरक्राफ्ट कम्पनीले जहाज बेच्ने प्रस्ताव पेस गरेका छन्।

निगमको मूल्यांकन समितिले प्रस्तावको मूल्यांकन प्रक्रिया नसकाउँदै कमिसनको खेल भएको भन्दै जहाज खरिद प्रक्रियाले संसद्मा प्रवेश पाएको छ। १८ करोड रूपैयाँ कमिसन खाने लोभमा नयाँ जहाज खरिद प्रक्रिया अघि बढाइएको दाबी सांसद रामहरि खतिवडाको छ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाले आइतबार प्रतिनिधिसभा बैठकमा जहाज बनाउन छाडेका कम्पनीबाट जहाज खरिद गर्न लागिएको बताए। समितिले रिपोर्ट अनक्वालिफाइड भनेका जहाज निर्माता कम्पनीबाट जहाज किन्न मिलेमतो भएको खतिवडाको जिकिर छ। यो समाचार नागरिक दैनिकमा छ।


प्रतिकृया दिनुहोस्