
काठमाडौँ, फागुन १३- भिरबाट खसेकी जर्मन नागरिकको शव निकालिएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ स्थित मिर्सामा भिरबाट खसेकी जर्मन नागरिक पिया जोसको शव सशस्त्र प्रहरी बलको उद्धार टिमले निकालेको हो ।
आज (आइतबार) बिहान सशस्त्र प्रहरी बल नम्बर–२४ कालिका गणबाट खटिएको टोलीले रुखमा अड्किएको अवस्थामा शव निकालेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले बताए । हिजो (शनिवार) साँझ पिया भिरबाट खसेको भन्दै सँगै घुम्न गएका उनका अमेरिकन साथीले प्रहरीलाई खबर गरेका थिए ।