
चितवन, फागुन १२- चितवनको रत्ननगर नगरपालिका–१० मा रहेको एकता शिशु निकेतनको होस्टेलमा एक छात्राले आत्महत्या गरेकी छन् ।
आज बिहान कक्षा ८ मा पढ्ने १४ वर्षीय छात्रा शालिन पोखरेलले आत्महत्या गरेकी हुन् ।
एकता शिशु निकेतनका प्रिन्सिपल बालहरि देवकोटाका अनुसार बिहान खाना खाने समयमा उनी नआएपछि कोठामा हेर्न जादा स्काउटको डोरीमा झुण्डिएको अवस्थामा भेटिएको छ ।
घटनाको बारेमा प्रहरीले छानबिन गरिरहेको छ भने उनको बुबा काठमाडौँबाट आउँदै गरेकोले कुनै निर्णय नभएको देवकोटाले जानकारी दिए ।
मृतक छात्रा बुवाआमाको सम्बन्धबिच्छेद भएपछि गोरखा घर भई रत्ननगर वडा नं १५ माधवपुरस्थित मामाघरमा बसेर अध्ययन गर्दै आएकी थिइन् ।


















