Skip

Hamro Sanchar

कागेश्वरी मनोहरा नगरपालिकाद्वारा कर्मचारी माग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, ९ गते


काठमाडौं, फागुन ९- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले करारमा कर्मचारी भर्ना गर्ने गरी दरखास्त आह्वान गरेको छ । नगरपालिका क्षेत्र भित्रका सम्पूर्ण वडाहरू समेट्ने गरी क्षयरोगमुक्त स्थानीय तह अभियान सञ्चालनार्थ, “क्षयरोगमुक्त अभियान कार्यक्रम संयोजक” पदमा एक जनाको लागि दरखास्त आह्वान गरेको हो ।

पद खुला प्रतिस्पर्धाको माध्यमबाट करारमा भर्ना गरिने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र निवेदन दिन अनुरोध गरेको छ ।


प्रतिकृया दिनुहोस्