Hamro Sanchar

अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत डीआईजी चन्दले दिए राजीनामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० माघ, २० गते


काठमाडौँ, माघ २०- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा कार्यरत डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् । शुक्रवार प्रहरी नायव महानिरीक्षक चन्दले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेश गरेका हुन् ।

डीआईजी चन्दले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी कर्मचारी बिचको विवाद छानबिन गर्न गठित समितिले गरेको सिफारसप्रति उनी असन्तुष्ट रहेको विमानस्थलका अधिकृतहरु बताउँछन् ।

समितिले विवादमा संलग्न असईलाई निलम्बन र डिएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन सिफारिस गरेको छ ।


प्रतिकृया दिनुहोस्