Hamro Sanchar

बाँदर नियन्त्रणका लागि वडा अध्यक्षको रुख काट्ने उर्दी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० माघ, १६ गते


काठमाडौं, माघ १६- पोखरा महानगरपालिका –१९ ले बाँदर नियन्त्रणको लागि रुख काट्न उर्दी जारी गरेको छ ।

पोखरा–१९ लामाचौरका वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सूचना जारी गर्दै वडावासीलाई आफ्नो घर वरपरको रुख काट्न उर्दी जारी गरेका हुन् । उनी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

वडाध्यक्ष पाण्डेले जारी गरेको सूचनामा भनिएको छ । ‘पोखरा महानगरपालिका साविक लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको र हाल प्रदेश सरकारले पनि बाँदर नियन्त्रणको नीति पास गरेको हुँदा आजको मितिले १० दिनभित्र ‘मेरो रुख म काट्छु’ भन्ने अभियान सञ्चालन गरी आआफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरु कटान गरी बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउन अनुरोध गरिन्छ ।’


प्रतिकृया दिनुहोस्