Hamro Sanchar

सन्दीप लामिछाने जर्बजस्तीकरणी मुद्दामा दोषी ठहर, ७ वर्ष जेल सजाय हुनसक्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, १४ गते


Advertisement

काठमाडौं, पुस १४- काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई जर्बजस्तीकरणी मुद्दामा दोषी ठहर गरेको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर गर्दै पुस २५ गते कसुर निर्धारणका लागि पेशी तोकेको हो । नाबालिका दाबी गर्दै दर्ता भएको जर्बजस्तीकरणी मुद्दामा अदालतले पीडित बालिग भएको ठहर गरेको छ ।

नाबालिका दाबी गरेकी गौशालालाई १८ वर्षभन्दा माथि उमेर भएको तर बलात्कार भएको अदालतले ठहर गरेको हो । अभियोगपत्रमा नाबालिकालाई जर्बजस्तीकरणी गरेको भन्दै सन्दीपलाई १० देखि १२ वर्षसम्मको जेल सजायसहितको उचित क्षतिपूर्ति माग गरिएको थियो ।

मुलुकी अपराध संहिता २०७४ अनुसार १८ वर्ष वा भन्दा बढी उमेरकी महिलालाई जबर्जस्तीकरणी भए ७ देखि १० वर्षसम्म कैद सजाय हुनसक्ने व्यवस्था छ ।


प्रतिकृया दिनुहोस्