Hamro Sanchar

बालकुमारी घटना : गम्भीर घाइतेको आईसीयूमा उपचार हुँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, १३ गते


काठमाडौँ, पुस १३- ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा सहभागी एक जना घाइतेको अवस्था गम्भीर छ । प्रहरीको गोली लागेपछि उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो । ती प्रदर्शनकारीको आईसीयूमा उपचार भइरहेको पाटन अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीले बताए ।

यसअघि किष्ट अस्पतालमा उपचाररत  २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शन नियन्त्रणमा लिन ललितपुरमा प्रहरीले गोली चलाएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी प्रदर्शनकारीले जलाएपछि अवस्था तनावग्रस्त बनेको थियो । प्रदर्शन स्थलबाट प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।


प्रतिकृया दिनुहोस्