Hamro Sanchar

भूकम्प पीडितलाई ५० लाख दिने माओवादी केन्द्रको निर्णय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, १९ गते


Advertisement

काठमाडौँ, कात्तिक १९- सत्तारुढ दल माओवादी केन्द्रले भूकम्प प्रभावित कर्णाली प्रदेशका पीडितहरूको राहत र पुननिर्माणमा ५० लाख रुपियाँ दिने भएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीको अनौपचारिक बैठकले पीडितहरूलाई पार्टीको कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

यस्तै राहत र पुनर्निमाणका लागि सबै प्रदेश कमिटीसँग समन्वय गर्ने जिम्मा महासचिव देव गुरुङलाई दिएको छ ।

राहत, पुनर्निमाणका लागि सिंगो पार्टी कमिटी, केन्द्रीय निकाय, जवस/मोर्चा लगायतलाई निर्देशन दिएको उक्त पार्टीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्