Hamro Sanchar

संसदमा गुटेरेसको सम्बोधन : यो सुन्दर देशले मलाई सधैं मोहित बनाउँछ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, १४ गते


Advertisement

काठमाडौं, कात्तिक १४- संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले आफू दोस्रोपटक नेपाल आएको भन्दै यो देशको संस्कृति, सभ्यता र आतिथ्यले आफूलाई सधैं मोहित पारेको बताएका छन् ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै महासचिव गुटेरेसले आफू यसअघि सन् १९७८ मा पहिलो पटक नेपालमा आएको क्षणको स्मरणसमेत गरे ।

उनले नेपाल आफ्नो लागि सधैं उत्कृष्ट गन्तव्य रहेको बताउँदै लुम्बिनीबाट यसले शान्तिको सन्देश दिएको बताए । तर, शान्तिको देशले आफू सहभागी नभएको युद्धमा निर्दोष नागरिक गुमाएको भन्दै उनले पछिल्लो इजरायल घटनाको निन्दासमेत गरे ।


प्रतिकृया दिनुहोस्