काठमाडौं, कात्तिक १२- स्थानीय बजारमा सुनको मुल्यले नयाँ रेर्कड कायम गरेको छ । नयाँ रेर्कड कायम भए सँगै आज सुन अहिलेसम्मकै महँगो मूल्यमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) छापावालको सुनको मूल्य प्रतितोला एक लाख १७ हजार तोकिएको छ । यो अहिलेसम्मकै महँगो मूल्य हो ।
गत शुक्रबार प्रतितोला एकलाख १६ हजार मूल्य रहेकोमा शनिबार एक हजार रूपैयाँले बढेको थियो । आइतबार पनि सोही मूल्य निर्धारण गरिएको छ ।
त्यस्तै आइतबारको लागि तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ४५० रूपैयाँ तोकिएको छ । यो गत शुक्रबारको तुलनामा प्रतितोला एक हजार रूपैयाँले महँगो हो ।