Hamro Sanchar

गठबन्धन सरकार मुलुकको समस्या प्रति गम्भिर बनेको छैन : पौडेल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, २८ गते


Advertisement

काठमाडौं, असाेज २८- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकार मुलुकको समस्या प्रति गम्भिर नबनेको आरोप लगएका छन् ।

प्रेस चौतारी रुपन्देहीले आइतवार बुटवलमा गरेको कार्यक्रममा बोल्दै पौडेलले देशमा बेथिति र समस्याका चाङहरू हुँदा समेत सरकारको ध्यान सत्ता टिकाउनकै लागी केन्द्रित भएको बताए ।

कर्मचारीले ऋण गरेर तलब खुवाउनुपर्ने अवस्था र निर्माण सम्पन्न गरेका आयोजनाहरुको भुक्तानी गर्न नसकेको अवस्थामा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ । त्यस्तै उनले मुलुकको राष्ट्रपति रामचन्द्र पौडेलले पदीय मर्यादा बिपरीत दलको नेताहरु भएर काम गर्न नहुने बताए । पौडेलले सरकारले अपराधीलाई प्रोत्साहन गरेर पीडितलाई तर्साउन खोजेको जिकिर गरे ।

उनले धार्मिक सदभावमा र साम्प्रदायिक सदभाव खलवलाउने प्रयासबिरुद्ध सचेत बन्नुपर्ने धारणा राखे ।

 


प्रतिकृया दिनुहोस्