Hamro Sanchar

एकीकृत समाजवादीको कार्यालय सचिवको जिम्मेवारी श्रेष्ठलाई

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, २४ गते


Advertisement

काठमाडौँ, असोज २४- नेकपा एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी सम्हालेका छन् ।

पछिल्लो केन्द्रीय समिति र सचिवालय बैठकको निर्णय अनुसार पार्टीले गरेको कार्यविभाजनमा श्रेष्ठले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी पाएका थिए । पार्टीको कार्यविभाजन अनुसार बुधबारबाट केन्द्रीय कार्यालयको जिम्मेवारी सम्हालेको श्रेष्ठले जानकारी दिए ।

यसअघि कार्यालय सचिवको जिम्मेवारीमा उप–महासचिव गगांलाल तुलाधर रहेका थिए । अब तुलाधरले बागमती प्रदेशको इन्चार्जको भूमिका निर्वाह गर्नेछन् ।

 


प्रतिकृया दिनुहोस्