काठमाडौँ, असोज २४- नेकपा (एकीकृत समाजवादी)ले गत असोज १४ गते झापाबाट सुरू गरेको समाजवादी जागरण अभियानको ११औं दिन बाँकेको कोहरपुरस्थित न्युरोडमा जनसभा सम्पन्न गरेको छ ।
जनसभामा एमालेलगायतका विभिन्न राजनीतिक दल परित्याग गरेर एक सयभन्दा धेरै नेता कार्यकर्ताहरू एकीकृत समाजवादीमा प्रवेश गरेका पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले हाम्रोसंचारलाई जानकारी दिए ।
नव प्रवेशीहरूलाई पार्टीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायतका नेताहरूले स्वागत गरेका छन् ।
जनसभालाई सम्बोधन गर्दै नेता खनालले समाजवादी आन्दोलन सम्पन्न गर्न क्रान्तिकारी कम्युनिष्ट पार्टीको आवश्यकता रहेको बताए ।