Skip

Hamro Sanchar

नेपाल र भट्टराईमाथि कारबाही नभए कडा आन्दोलन थाल्छौं : ज्ञानेन्द्र शाही

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, २५ गते


काठमाडौं, भदौ २५ राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकारलाई आन्दोलन कसरी गर्नुपर्छ भन्ने देखाउने चेतावनी दिएका छन् ।

आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रियताको सवालमा एक भएर आन्दोलन गर्ने चेतावनी दिए । ‘प्रधानमन्त्रीलाई चुनौती दिन चाहन्छु, अब तपाईंका आन्दोलन गर्ने दिन गए । जनताले प्रधानमन्त्री बनाएको हो जनताको काम गरौं, जनताको काम गर्न सकेन भने घरमा गएर बसौं । किनभने धेरै फुरफुर नगरौं आन्दोलन कसरी गर्नुपर्छ भन्ने कुरा हामीले देखाउँछौं,’ उनले भने, ‘राष्ट्रवादी शक्तिले देखाउँछ । राष्ट्रियताको सवालमा हामी एकजुट छौं ।’

बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भ्राईलाई कारबाही नभए कडा आन्दोलन थाल्ने उनको चेतावनी छ । ‘बालुवाटारको जमिन प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई प्रक्राउ गर्ने आन्दोलन हुन्छ, आन्दोलन २७ गतेबाट सुरू हुन्छ। यो हाम्रो प्रधानमन्त्रीलाई खुला चुनौती हो । जब नेताहरूको नाम आउँछ त्यो प्रकरण सेलाएर जान्छ, हाम्रो आन्दालन यस्तै भ्रष्टचारका विरूद्धमा हो ।’

उनले आफूहरूको आस्थामाथि पटक–पटक खेलबाड भएको भन्दै आक्रोश पोखे । ‘हाम्रो आस्थाको कुरालाई आँच आउने कुरा गरे अतिवादी नहुुने तर जसले यस्तो काम नगर्न भनेको छ त्यो चाहिँ अतिवादी हो । हाम्रो संस्कृतिलाई प्रभाव पार्ने नै अतिवादी र आतंकवादी पनि हुन् । उनीहरूलाई
ठीक कसरी गर्ने त्यो हामीलाई थाहा छ,’ उनले भने ।

संविधानमा गाई मार्‍यो भने तीन वर्षको सजाय हुने व्यवस्था भए पनि गृहमन्त्री जात्रा हेरेर डलर खाएर बसेको उनको आरोप छ ।


प्रतिकृया दिनुहोस्