Skip

Hamro Sanchar

कोशीका नवनियुक्त मन्त्री कार्की अस्पताल भर्ना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, २५ गते


काठमाडौं, भदौ २५– कोशी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार मन्त्री एकराज कार्की वीर अस्पताल भर्ना भएका छन् । उनी डेंगुबाट संक्रमित भएका थिए ।

संक्रमण भइ उपचाररत अवस्थामा उनी कोशी प्रदेशको मन्त्री नियुक्त भएका थिए । प्लेटलेट्स घटेर ४९ हजारमा आइपुगेपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको हो । अहिले उनको स्वास्थ्य केही सुधार आएको उनीसंगै रहेका नवीन शिवाकोटीले जानकारी दिए ।

चिकित्सकका अनुसार मुटुमा पलाएको सिष्टको समस्यासँगै डेंगु पनि थपिएपछि कार्कीलाई थप उपचारका लागि काठमाडौं ल्याइएकाे हो ।


प्रतिकृया दिनुहोस्